भिजिट भिसामा कामदार पठाउने व्यक्ति पक्राउ

भिजिट भिसामा कामदार पठाउने व्यक्ति पक्राउ

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • भिजिट भिसामा कामदार पठाउने व्यक्ति पक्राउ

    काठमाडौं । प्रहरीले भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काएर उनीहरुलाई पठाउने एजेन्टलाई पक्राउ गरेको छ । शंकास्पद रुपमा युएई पठाउन लागेको खुलेपछि महिलालाई फर्काएर एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

    पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको एसएसपी शर्माले बताए । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरेको भेटिएपछि प्रहरी विमानस्थलमा हुने जाँचमा कडाइ गरेको छ ।

    रुसी सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा युएई लगेर त्यहाँबाट रुस पठाएको अनुसन्धानबाट देखिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij