भक्तपुर । केदारनाथको शिर डोलेश्वरमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, महाशिवरात्रि पर्वका अवसरमा डोलेश्वरमा साधु, सन्त तथा दर्शनार्थीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। महाविशरात्रिका लागि भारतका विभिन्न ठाउँबाट डोलेश्वरमा दुई सय ५० भन्दा बढी साधुसन्त आइसकेको अध्यक्ष बस्नेतले बताए ।

समितिका महासचिव हरिशरण बस्नेतका अनुसार, महाशिवरात्रिका अवसरमा शुक्रवार डोलेश्वर महादेव मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला गराई दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दीरमा मध्यराति विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने बताइएको छ ।
अरुदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले डोलेश्वर मन्दिरभित्रै प्रवेश गरी पूजाअर्चना गर्न पाउने व्यवस्था गरिएको छ । मन्दिर व्यवस्थापन समितिले यसवर्ष ५० हजारभन्दा बढी दर्शनार्थी आउने अनुमान गरेको सो क्षेत्रका वडाअध्यक्ष पुुष्पराज बस्नेतले बताए ।

समितिले महाशिवरात्रि पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था मिलाएको छ । त्यसका अलवा साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च वापत सात सय ५० रुपैया समेत प्रदान गरेर बिदाई गरिने अध्यक्ष बस्नेतले बताए ।
बागमति प्रदेश सभा सदस्य किरण थापाका अनुुसार, समितिले दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादको व्यवस्था गरेको छ । त्यसका अलवा धुनि जगाउन दाउराको व्यवस्थासमेत मिलाइएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले मन्दिर क्षेत्रमै स्वास्थ्य शिविरको आयोजना गर्ने भएका छन् ।