काठमाडौं । त्रिशुलीमा भएको बस दुर्घटनामा वेपत्ता भएका मध्ये थप एक युवाको शव फेला परेको छ । बिहीबार बिहान साढे ११ बजेतिर सशस्त्र प्रहरी बलको सुरक्षा वेश आदामघाट धादिङबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो ।
दुर्घटनास्थबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा शव भेटिएको छ । अन्दाजी २०/२५ वर्षका पुरुषको शव भेटिएको हो । शवको सनाखत हुन बाँकी नै छ ।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ३७ जनाको जिवितै उद्धार गरिएको थियो ।