सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याल पक्राउ

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याल पक्राउ

बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याल पक्राउ

    काठमाडौं । चिनियाँँ दुई जना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् ।

    काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरेको हो । 

    सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो ।

    तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएपछि उक्त घटना बाहिरिएको थियो ।

    तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही आधारमा पक्राउ गरिएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij