दार्चुला–तिंकर सडकको भिरबाट लडेर एक मजदुरको मृत्यु

दार्चुला–तिंकर सडकको भिरबाट लडेर एक मजदुरको मृत्यु

बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • दार्चुला–तिंकर सडकको भिरबाट लडेर एक मजदुरको मृत्यु

    काठमाडौं । कैलाली-दार्चुला-तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लड्‌दा मृत्यु भएको छ । व्यास गाउँपालिका–२ फुलसिंह धार सडकखण्डमा काम गर्ने एक मजदुरको सडक निर्माणका क्रममा भीरबाट लडेर मृत्यु भएकाे हाे । 

    मृत्यु हुनेमा नौगाड गाउँपालिका– ४ का ४८ वर्षीय ललितसिंह ठगुन्ना रहेका छन् । सडकखण्डमा काम गर्ने क्रममा उनी भिरबाट झन्डै चार सय मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीले जानकारी दिएकाे छ । 

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij