कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता

कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता

    काठमाडौं ।  इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । कँडेलविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा पीडित महिलाले नै फिर्ता लिएकी हुन् ।

    इन्द्रेणीमा कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते मुद्दा दर्ता गराएकी थिईन् । उनले कँडेलसँग कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् ।

    पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि ती महिलाविरुद्ध दर्ता गराएका गाली बेइज्जतीको मुद्दा फिर्ता लिएका बताईएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij