काठमाडौं । सप्तरीमा एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । बुधबार भर्याङबाट लडेर सर्लाही जिल्लाको बलरा नगरपालिका १० सिंह टोल घर भई इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको मृत्यु भएको हो ।
बुधबार बिहान पौने ४ बजेतिर ड्युटी जानका लागि भर्याङ चढ्ने क्रममा पहिलो तलाको बार्दलीबाट खसेर हवलदार सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंह सर्लाहीको बलरा नगरपालिका–१० का बासिन्दा हुन् ।