एमालेले टुंग्यायो मन्त्रीहरु, को–को बन्दैछन मन्त्री ?

एमालेले टुंग्यायो मन्त्रीहरु, को–को बन्दैछन मन्त्री ?

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • एमालेले टुंग्यायो मन्त्रीहरु, को–को बन्दैछन मन्त्री ?

    काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । 

    एमालेले ७ वा ८ मन्त्रालय पाउनेछ ।  सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्नेछन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

    त्यस्तै पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् । एमालेका मन्त्रीहरुमा भगवती चौधरी, दामोदार भण्डारी, हरी उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी लगायत रहेका छन् । महासेठ र अधिकारी यसअघि प्रचण्ड सरकारको नेतृत्वमा मन्त्री भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij