उमेरहदका कारण एक महिनापछि अवकाशमा जाँदै एआईजी भण्डारी र चौधरी

उमेरहदका कारण एक महिनापछि अवकाशमा जाँदै एआईजी भण्डारी र चौधरी

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • उमेरहदका कारण एक महिनापछि अवकाशमा जाँदै एआईजी भण्डारी र चौधरी

    काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी र मिरा चौधरी एक महिनापछि अवकाशमा जाँदै छन् । एआईजी पदका लागि तोकिएको उमेरहद पुरा भएका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् । 

    एआईजी पदका लागि ५६  वर्षको उमेरहद तोकिएको छ । एआईजी भण्डारीको जन्ममिति २०२५ वैशाख ५ र चौधरीको सोही महिनाको ७ गते रहेको र उनीहरु एक महिनापछि वैशाख ५ र ७ गते ५६ वर्ष पुरा हुने भएपछि अर्को महिना अनिवार्य अवकाशमा जान लागेका हुन् । दुबैजनाले २०५२ चैत ५ गतेदेखि प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा सुरु गरेका थिए । 

    प्रहरी नियमावली अनुसार एआईजीको पदावधि ५ वर्ष राखिएको छ भने उमेरहदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ । उनीहरुबोहक डीआईजी विकाशराज खनालसमेत वैशाख ७ मै अवकाश पाउँदैछन् । उनी पनि डीआईजीको ५६ वर्षे उमेरहदकै कारण अवकाशमा जान लागेका हुन् । उनकोसमेत २०२५ वैशाख ७ जन्ममिति छ ।

    एआईजी भण्डारी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र मिरा प्रशासन विभाग प्रमुख छन् । त्यस्तै डीआईजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुलाई किताबखानाले अवकाशको पत्र पठाइसकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij