काभ्रेको साँगास्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुल्यो

काभ्रेको साँगास्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुल्यो

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • काभ्रेको साँगास्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुल्यो

    काठमाडौं । काभ्रेको साँगा स्थित नेपाल पुलिस स्कुलमा भर्ना खुलेको छ । कक्षा ४, ५ र ६ कक्षामा नयाँ भर्नाको लागी पुलिस स्कुल साँगाले दरखास्त आह्वान गरेको हो ।

    नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित सो स्कुलमा प्रहरी कर्मचारीले ६० प्रतिशत र सर्वसाधारणका सन्ततिले ४० प्रतिशत सिटमा भर्ना हुन पाउँछन् । शैक्षिक सत्र २०८१ का लागी ४ कक्षामा ३ सेक्सन, ५ कक्षामा २ सेक्सन र ६ कक्षामा १ सेक्सन नयाँ विद्यार्थी भर्ना गर्न लागिएको स्कलले जनाएको छ । 

    इच्छुक विद्यार्थीहरूले चैत १५ सम्ममा फारम भरेर परीक्षामा सहभागी हुन् पाउनेछन् । प्रवेश परीक्षा सञ्चालन २०८० चैत १७ गते सागाँमा गरिने जनाइएको छ । प्रवेश परीक्षाको नतिजा चैत १८ गते प्रकाशन गर्ने गरी विद्यालयले सूचना प्रकाशन गरेको छ ।  

    स्कुलको वेबसाइट www.nps.edu.np  मार्फत अनलाइन माध्यमबाट आवेदन फारम भर्न सकिने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij