काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या छ पुुगेको छ । ३३ जना यात्रुुको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा बिहान पाँच वजे बस दुुर्घट्नामा परेको हो ।
कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३३ जनाको जिवितै उद्धार गरेर नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टिम घट्नास्थलमा परिचालन गरिएको बताइएको छ । घट्नाको थप बिवरण आउँन बाँकी रहेको जनाइएको छ ।