सहकारीले कहाँ लगानी गरेको छ भन्ने बुझेर मात्र बचत गर्ने गरौं : मन्त्री किरण थापा

सहकारीले कहाँ लगानी गरेको छ भन्ने बुझेर मात्र बचत गर्ने गरौं : मन्त्री किरण थापा

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • सहकारीले कहाँ लगानी गरेको छ भन्ने बुझेर मात्र बचत गर्ने गरौं : मन्त्री किरण थापा

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सहकारीको अवस्थाबारे बुझेर मात्र बचत गर्न अनुरोध गरेका छन् । शनिबार भक्तपुरको चाँगुनारायणस्थित मुहान गणेश बचत तथा सहकारीको १६ औं वार्षिकोत्सबलाई सम्बाेधनगर्दै मन्त्री थापाले सहकारीले कहाँ लगानी गरेको छ र कस्तो अवस्था छ बुझेर मात्र बचत गर्न अनुरोध गरेका हुन् । 

    Kiran Thapa.jpg

    ‘सहकारीको अवस्था कस्तो छ ? सिद्धान्त अनुसार चलेको छ/छैन ? भन्नेबारे बचतकर्ताले बुझ्न जरुरी छ ।’, मन्त्री थापाले भने । ‘जिन्दगीभरीको कमाई बचत गरेर ब्याजले घर चलाउँछु भन्ने सोच्नुभएकाहरुले सहकारी कुन स्थितिमा छ ? भन्ने सोचबिचार गरेर मात्र कुन सहकारीमा बचत गर्ने भनेर योजना बनाउनुहोला ।’ 

    हाल सहकारीहरु संकटग्रस्त अवस्थाबाट गुज्रिइरहँदा मुहान गणेश बचत सहकारीले भने सिद्धान्त अनुसार नै सञ्चालन गरेर बचतकर्ताको लगानी सुरक्षित राख्न सफल भएकोमा मन्त्री थापाले सञ्चालक साथै सदस्यहरुलाईसमेत बधाई र आगामी दिनहरुका लागि सफलताको शुभकामना समेत दिए । 

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँसम्म आइपुगेकोमा सहकारीलाई बधाइ दिँदै उक्त सहकारीले नियम मुताबिक नै चलेका हुनाले सबैको बचत सुरक्षित रहेको बताए । चाँगुनारायण नगरपालिकासँग स्वीकृति लिएर सञ्चालन भएका अन्य सहकारीहरुमा पनि नगरपालिकाले अनुगमन र नियमन गरिरहेकाले सुरक्षित नै रहेको नगर प्रमुख खत्रीकाे भनाई थियो। 

    मुहान गणेश बचत तथा ऋण सहकारीले आगामी दिनहरुमा वचतकर्ताहरुलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराएर आर्थिक स्तर उकास्नमा मद्धत पर्याउन भूमिका खेल्नुपर्ने नगर प्रमुख खत्रीले बताए । ‘बचत उठाउने र ऋण परिचालन गर्ने मात्र नभएर सबैलाई आत्मनिर्भरतातर्फ डोहोर्याउनमा पनि सहकारीले आगामी दिनमा भूमिका खेल्नुपर्नेछ ।’, नगरप्रमुख खत्रीले भने । 

    Jeevan Khatri.jpg

    नगरपालिकाले हाल सहकारीसँगको सहकार्यमा नगरबासीको उद्यमशीलता विकासका लागि योजना बनाइरहेको र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत उनले कार्यक्रममार्फत् अनुरोध गरे । 

    मुहान गणेश सहकारीका अध्यक्ष राजकुमार लामिछाने (चमत्कार) ले सहकारीले शेयर सदस्य साथै अन्य सदस्यहरुलाई पनि आर्थिक कृयाकलापमा सहभागी गराएर आत्मनिर्भर बनाउन लागिपरेको बताए । उनले सहकारीलाई समयानुकुल बनाउँदै नयाँ प्रयोगलाई समेत आत्मसात गर्दै सदस्यहरुलाई अद्यावधिक गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । 

    सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा नाफा ६.०४ प्रतिशतले बढाएर २ लाख २ हजार रुपैयाँ पुर्याएको कोषाध्यक्ष भुवन कुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सहकारीले १ लाख ९१ हजार रुपैयाँ नाफा गरेको उनले बताए । गत आर्थिक वर्षमा सहकारीले ऋण परिचालनबाट १ करोड २८ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोसमेत उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij