रौतहटमा हतियारसहित दुईजना पक्राउ

रौतहटमा हतियारसहित दुईजना पक्राउ

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • रौतहटमा हतियारसहित दुईजना पक्राउ

    काठमाडौं । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार सिमरी गेट नजिकै सशस्त्र प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका अनुसार पक्राउ परेकाहरू कटहरिया–३ का २६ वर्षीय कमोदाराम चमार र ४४ वर्षीय नेमलाल साह बनिया हुन् ।

    ज ४ प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने ३ राउन्ड गोली बरामद गरिएको थियो । सशस्त्र प्रहरी बलका उपरीक्षक विक्रम हुमागाईंले घटनाबारे जानकारी दिँदै भने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र नं. ११ गणको संयुक्त टोलीले गुप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी गराएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij