लुम्बिनीमा सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमणको प्रयास

लुम्बिनीमा सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमणको प्रयास

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • लुम्बिनीमा सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमणको प्रयास

    काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा आज केही युवाले आक्रमणको प्रयास गरेका हुन् ।

    युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएकाे छ । 

    इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको हो ।

    गुप्ताले आफूमाथि आक्रमणको प्रयास गरिएको  र गाडीमा सवार विधान्चल यादवको खुट्टामा चोट लागेको बताए । पूर्वसांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij