सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ का ४८ वर्षीय रामबहादुर खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आज पानीपोखरीबाट पक्राउ गरेको प्रवक्ता होविन्द्र बोगटीले बताए ।

    रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहेका बेला खनाललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij