काठमाडौं । सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले सरकारले १०० दिनमा गरेको कामको समीक्षा गरेका हुन् ।
सत्तारुढ दलहरुले सरकारले मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम बढाएको निष्कर्ष निकालेका छन् ।
बैठकले सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण पनि सार्वजनिक गरेको छ ।
यस्तो छ सत्तारुढ दलहरुको ७ बुँदे साझा दृष्टिकोणः


