कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एक जनालाई फिर्ता ल्याइयो

कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एक जनालाई फिर्ता ल्याइयो

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एक जनालाई फिर्ता ल्याइयो

    काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । 

    नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

    यो मुद्दामा उनकी पत्नी बिनु शाक्यविरुद्ध पनि इन्टरपोलमा नेट नोटिस छ । उनी पनि कम्बोडियामा पक्राउ परेको जनाइएको छ । तर, उनीलाई हालसम्म डिपोर्ट गरिएको छैन । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भन्दै कम्तिमा ४० जना व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

    सुजनविरुद्ध यसअघि पनि विद्युतीय कारोबार सम्बन्धी कसुर, ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुर लगायतका आरोपमा मुद्दा चलिसकेको छ । आचार्य पहिले आफूलाई पत्रकार बताउँदै हिरा लुटपाट र अश्लील भिडियो राखेर ब्ल्याकमेल गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसपछि उनी वैदेशिक रोजगार ठगीमा संलग्न भएका हुन् ।

    उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij