सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । 

    सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij