जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना पक्राउ

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट १२ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार राति पक्राउ गरेको थियो । उनीहरुबाट नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास बरामद भएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij