सामाजिक सद्भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन प्रशासनको आग्रह

सामाजिक सद्भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन प्रशासनको आग्रह

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • सामाजिक सद्भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन प्रशासनको आग्रह

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिपावली (तिहार), नेपाल संवत तथ छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ ।

    प्रशासनले एक सुचना जारी गर्दै चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको हो ।

    त्यस्तै, कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विष्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ।

    देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न पनि आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij