काठमाडौं । अभियन्ता रुवि खानलाई शीतलनिवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो खान राष्ट्रपति भवनमा छिर्न खोजेपछि उनीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खानले लामो समयदेखि बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलन गर्दै आइरहेकी छिन् ।