सुर्खेत बराहतालमा गाडी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

सुर्खेत बराहतालमा गाडी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • सुर्खेत बराहतालमा गाडी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

    काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्केमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो ।

    गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । 

    प्रहरीका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको जनाइएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij