ललितपुर महानगरले छ स्थानीय तहलाई ३ करोड ५० लाख आर्थिक सहयोग गर्ने

ललितपुर महानगरले छ स्थानीय तहलाई ३ करोड ५० लाख आर्थिक सहयोग गर्ने

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • ललितपुर महानगरले छ स्थानीय तहलाई ३ करोड ५० लाख आर्थिक सहयोग गर्ने

    पाटन । गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ । 

    महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई ५० लाख रुपैयाँ र काठमाडौंको दक्षिणकाली नगरपालिकालाई १ करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । 

    “ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई ५० लाख रुपैयाँ र काठमाडौंको दक्षिणकाली नगरलाई १ करोड रुपैयाँ दिने निर्णय भएको छ”, उनले भने,“विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

    ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij