विद्युत बक्यौता तिर्न ४९ उद्योगलाई दिएको म्याद आज सकिँदै, कुनैले तिरेनन् प्रिमियम शूल्क

विद्युत बक्यौता तिर्न ४९ उद्योगलाई दिएको म्याद आज सकिँदै, कुनैले तिरेनन् प्रिमियम शूल्क

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • विद्युत बक्यौता तिर्न ४९ उद्योगलाई दिएको म्याद आज सकिँदै, कुनैले तिरेनन् प्रिमियम शूल्क

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय आज सकिँदै छ।

    अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। तर ऊर्जामन्त्री एवं प्राधिकरणका अध्यक्ष दीपक खड्काको निर्देशनमा बिहीबार नै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाइएको छ। बैठक कार्यालय समयअघि नै बिहान ९ बजे बोलाइएको छ। तर, बैठकका एजेन्डाबारे सञ्चालक समितिका सदस्यहरूलाई जानकारी गराइएको छैन।

    प्रधानमन्त्री केपी शर्मा ओली पनि बक्यौता नतिर्ने उद्योगहरूका पक्षमा वकालत गर्दै आएका छन्। यसअघि गत साउन ४ गते प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन जोड्न दबाब दिएका थिए। उनकै दबाबमा सञ्चालक समितिले निर्णय गरी ती उद्योगको लाइन तीन महिनाका लागि जोडिएको थियो।  उक्त तीन महिनाको म्याद पनि बिहीबार सकिँदै छ।

    गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो। विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij