काठमाडौं । एक महिला अपहरणमा परेको सूचना प्रहरीसमक्ष पुगेको छ । काठमाडौंको कोटेश्वरबाट महिला अपहरणमा परेको भन्दै सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुबाट टोली खटिएको छ ।
अपहरणकारीले बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना आएको प्रहरीले जनाएकाे छ ।
महिलालाई कोटेश्वरबाट अपहरण गरेर ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।