तिहार नजिकिएसँगै बजारमा चिनीको कृत्रिम अभाव, साल्ट ट्रेडिङ भन्छ ‘अभावको अवस्था छैन’

तिहार नजिकिएसँगै बजारमा चिनीको कृत्रिम अभाव, साल्ट ट्रेडिङ भन्छ ‘अभावको अवस्था छैन’

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • तिहार नजिकिएसँगै बजारमा चिनीको कृत्रिम अभाव, साल्ट ट्रेडिङ भन्छ ‘अभावको अवस्था छैन’

    काठमाडौं । तिहार नजिकिएसँगै बजारमा चिनीको अभाव देखिन थालेको छ । सरकारले पर्याप्त मौज्दात रहेको भनिरहेको समयमा पनि बजारमा भने अभाव देखिएको हो । 

    तिहारको समयमा नेपाली भान्सामा धेरै गुलिया परिकारहरु पाक्ने गरेको छ । तिहार लागेसँगै नेपाली बजारमा चिनीको खपत पनि बढ्ने गरेको छ । सोही मौकामा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गराएर कालोबजारी र मूल्यवद्धि गराउने गरेका छन् । 

    बजारमा अभाव देखिँदै गर्दा सरकारले भने बजारमा पर्याप्त मात्रामा चिनी भएको दाबी गरेको छ । बजारमा चिनी अभाव छैन, नजिकैको पसलमा नपाएमा कार्यालयमा आउन साल्ट ट्रेडिङ कर्पोरेशनले अनुरोध गरेको छ । 

    साल्ट ट्रेडिङले हाल प्रतिव्यक्ति ६ केजीसम्म चिनी दिइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij