सोनार हत्या प्रकरण : एक जना भारतीय नागरिक पक्राउ

सोनार हत्या प्रकरण : एक जना भारतीय नागरिक पक्राउ

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • सोनार हत्या प्रकरण : एक जना भारतीय नागरिक पक्राउ

    काठमाडौं ।  बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको हो । 

    यसरी पक्राउ पर्नेमा  सोनार हत्या प्रकरणका मुख्य आरोपित भारतीय विजय गुप्ता रहेका छन् । उनलाई बुधबार विहान  वीरगन्जको नाका इनर्वाबाट पक्राउ गरेको हो ।  पक्राउ परेका गुप्ता रक्सौल निवासी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    तर उनीसंग नेपाली नागरिकता पनि रहेको जनाइएको छ । विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

    पक्राउ परेका गुप्तालाई प्रहरीले थप सोधपुछ गरिरहेकोले अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  गएको १ कातिकमा बाराको गण्डक नहरमा सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगन्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij