ललितपुरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • ललितपुरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । हेटौंडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान दुर्घटनामा परेको हो । 

    प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन १६ भरतपुरका अन्दाजी २७/२८ वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धार गरि उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा ४/५ सय मिटर तल पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij