काठमाडौं । बागमती प्रदेशका स्पास्थ्यमन्त्री किरण थापाले १३ वटै जिल्लाको प्रदेशस्तरीय अस्पतालबारे जानकारी लिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मातहतमा रहेका अस्पतालका प्रमुखहरुसँग अवस्थाबारे जानकारी लिएका हुन् ।

स्वास्थ्यमन्त्री थापाले १३ वटै प्रदेश स्तरीय जिल्ला अस्पतालको अबस्था, अबसर, चुनौती र समस्याहरुका बिषयमा संयुक्त रुपमा छलफल तथा अन्तरक्रिया गरेका थिए । साथै, अबका दिनमा अस्पताल सञ्चालनका लागि मन्त्री थापाले अस्पताल प्रमुखहरुलाई रचनात्मक सुझावसहितको निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा १३ वटै प्रदेश स्तरीय जिल्ला अस्पतालका अस्पताल प्रमुख (मे.सु) हरु, मन्त्रालयका उच्चस्तरीय कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
