इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

    काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रेग्मी मिडिया इंकको लाइसेन्स खारेज गरेको छ ।  नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले रेग्मी मिडिया इंकको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जानकारी दिएको हो । 

    रेग्मी मिडिया इंक प्रालिले प्राधिकरणबाट २०७१ असोज २३ गते इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र पाएको थियो ।  

    साथै नियमानुसार तिनरबुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न र अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij