क्रिप्टोकारोबारीसँग रकम असुली घटनामा दुई प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

क्रिप्टोकारोबारीसँग रकम असुली घटनामा दुई प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • क्रिप्टोकारोबारीसँग रकम असुली घटनामा दुई प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

    काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा तीन जनालाई प्रतिवादी बनाएर ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता भएको हो।  ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । 

    मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन् । ५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।  तामाङले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीको प्रयोग गरी परिवारसँग ५० लाख रुपैयाँ असुल गरेको खुलेको थियो।

    तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानिबन थालेको थियो। पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो।

    तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन।  यस्तै नियन्त्रणमा रहेका दुबै प्रहरीले घटनामा रकम असुली नगरेको र त्यसबारे आफूलाई थाहा नभएको पनि बयान दिएका छन्।

    उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ ।  

    तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij