पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन

पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय अध्ययन समिति गठन गरिएको हो । 

    समितिका अन्य सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्त्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

    समितिले धर्मशालाबारे अध्ययन गरेर ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ । 

    p

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij