सेनाले बनायो सुनकोसी नदीमा सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज, दुई दिनभित्रै गाडी चल्ने

सेनाले बनायो सुनकोसी नदीमा सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज, दुई दिनभित्रै गाडी चल्ने

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • सेनाले बनायो सुनकोसी नदीमा सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज, दुई दिनभित्रै गाडी चल्ने

    काठमाडौं । गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगाएपछि बनाइएको बेलिब्रिज सञ्चालनमा आएको छ । सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा नेपाली सेनाले सोमबार बिहान बेलिब्रिज हाल्ने काम सकेको हो । 

    बेलिब्रिजमाथि एक/दुई दिनभित्रै सवारी साधन सञ्चालन गरिने भएको छ । बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी रहेको छ ।  भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । 

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij