बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

    काठमाडौं । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । बाढी पीडितलाई सघाउन आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बजेट सहयोग गरेको निगमका कार्यकारी निर्देशक भट्टले बताए ।

    निगमले उद्दार कोषमार्फत बाढी पीडितसम्म राहात पुर्‍याउन सहयोग गरेको जनाएको छ । ‘आशा छ, आयल निगमको सानो सहयोगले केही बिस्थापितहरुलाई पुनःस्थापना गराउन सहयोग पुग्नेछ, ’ भट्टले भने ।

    NOC.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij