मोरङ प्रहरी प्रमुखमा लिम्बुलाई पठाउने निर्णय दुई दिनमै रद्द

मोरङ प्रहरी प्रमुखमा लिम्बुलाई पठाउने निर्णय दुई दिनमै रद्द

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • मोरङ प्रहरी प्रमुखमा लिम्बुलाई पठाउने निर्णय दुई दिनमै रद्द

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखका रुपमा पठाउन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको निर्णय दुई दिनमै फेरिएको छ ।

    गएको शुक्रबार प्रहरी प्रधान कार्यालयले मोरङमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै फेरि एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरिएको छ ।

    लिम्बू पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहिसकेका प्रहरी अधिकृत हुन् । प्रहरी अधिकृतहरुको दाबी अनुसार, सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।

    उनको ठाउँमा चिमरियालाई पठाइएको हो ।

    मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की लेनदेन सम्बन्धी विवादमा मुछिएपछि सरुवामा परेका थिए । उनीमाथि कोशी प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij