भारत सरकारसँग संसद सचिवालयले माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

भारत सरकारसँग संसद सचिवालयले माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • भारत सरकारसँग संसद सचिवालयले माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

    काठमाडौं । भारत सरकारसँग संघीय संसद सचिवालयले ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।

    मागिएका कारहरू इलेक्ट्रिक प्रविधिका साथै सुविधा सम्पन्न हुने जनाइएको छ । संसद्का सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, विभिन्न संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक, महासचिव लगायतका पदाधिकारीका लागि ती कार प्रयोग गर्ने सचिवालयको योजना छ ।

    सचिवालयले भारतसँग ७५ वटा मोटरसाइकल मागेको छ । भारतले सो सङ्ख्यामा मोटरसाइकल दिएको खण्डमा सचिवालयका कर्मचारीलाई उपलब्ध गराउने योजना रहेको जनाइएको छ । 

    भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताइएकाे छ । 

    भारतले सो परिमाणको सहयोग गरेमा संसद्का पदाधिकारी र कर्मचारीका लागि सवारी साधनको दुःख नहुने सचिवालयको अपेक्षा छ । कानुन अनुसार संघीय संसद्मा सहसचिव तहसम्मका कर्मचारीलाई सवारी साधन र चालकको सुविधा छ । यस्तै उपसचिवलाई सवारी साधन दिने व्यवस्था नभए पनि पुराना गाडी मर्मत गरेर आफैँले चलाउने गरी केही वरिष्ठ उपसचिवलाई पनि सवारी साधन दिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij