राहत र पुन : स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

राहत र पुन : स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • राहत र पुन : स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन् ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए ।

    प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिए ।

    सो अवसमा कोषमा नेपाल आयल निगमबाट ३ करोड रुपैयाँ, युनिलिभर कम्पनीबाट  ३० लाख (यसअघि  २० लाख दिइसकेको), माछापुछे बैँकबाट २५ लाख रुपैयाँर पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट १ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij