रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी

रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी

    काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न लागेकाे छ । रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा तयारी अवस्थामा राखेको छ । 

    प्रहरीले बल प्रयोग गरेपछि रास्वपाको प्रदर्शन तितरबितर भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । 

    यसअघि प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच धकेलाधकेल भइरहेको थियो । रास्वपाले भने देशभरका सबै जिल्लाबाट कम्तीमा १ सय कार्यकर्तालाई पोखरामा विरोधका लागि उपस्थित हुन निर्देशन जारी गरेको छ ।

    प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गर्ने तयारी भइरहेको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij