काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ता र सहकारी पीडितलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता तथा कार्यकर्ता र सहकारी पीडितहरु प्रहर्शनमा उत्रिने भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा संवेदनशीततालाई ध्यान दिन अपिल गरेका हुन् ।
शान्ति सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधि नगर्न उनले दुवै पक्षलाई अनुरोध गरे । साथै विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्णयलाई मान्नुपर्ने उनले बताए ।
पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्याइएको थियो । आज आइतबार उनलाई अदालतमा पेस गरिँदै छ ।
रवि पक्राउको विरोधमा रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ । हरेक जिल्लाबाट कम्तीमा एक सय जनालाई पोखरामा भेला हुन रास्वपाले सर्कुलर समेत जारी गरेको छ ।
यसैगरी सहकारी पीडितहरुले पनि न्याय माग्दै प्रदर्शन गर्न सार्वजनिक आह्वान गरेका छन् । सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुन सक्ने भएकाले पोखराका दुई स्थानमा निशेषज्ञा समेत जारी गरेको छ ।