हरेक जिल्लाबाट कम्तीमा सय जना कार्यकर्ता पोखरा पुग्नलाई रास्वपाको ‘सर्कुलर’

हरेक जिल्लाबाट कम्तीमा सय जना कार्यकर्ता पोखरा पुग्नलाई रास्वपाको ‘सर्कुलर’

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • हरेक जिल्लाबाट कम्तीमा सय जना कार्यकर्ता पोखरा पुग्नलाई रास्वपाको ‘सर्कुलर’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ । 

    सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।

    कार्यकर्तालाई पठाइएको सन्देशमा त्यसैले सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ । सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्याएको छ । 

    लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ । लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij