पोखराको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा, ५ जना भन्दाबढी भेला हुन नपाइने

पोखराको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा, ५ जना भन्दाबढी भेला हुन नपाइने

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • पोखराको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा, ५ जना भन्दाबढी भेला हुन नपाइने

    काठमाडौं । पोखराको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।  

    सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ। उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ।

    साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच  झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक सुचना जारी गर्दै निषेधित क्षेत्रको आदेश जारी गरेका हुन्। 

    उनले पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

    शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरेको हो।

    त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij