जापानमा नेपालीको संख्या २ लाख ६ हजार पुग्यो

जापानमा नेपालीको संख्या २ लाख ६ हजार पुग्यो

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • जापानमा नेपालीको संख्या २ लाख ६ हजार पुग्यो

    काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या २ लाख ६ हजार पुगेको हो । 

    पछिल्लो एक वर्षमा ३० हजार बढेको छ ।यस्तै, सन् २०२१ मा ९७ हजार १ सय ९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३ सय ९३ जना पुगेका थिए । 

    सन् २०२३ मा १ लाख ७६ हजार ३ सय ३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८ सय ९८ पुगेको छ । पछिल्लो सयमा जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् ।  

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij