काठमाडौं । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।
असोजमा १७ हजार ७ सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार ४ सय ६८ जना साउदी, ९ हजार ७ सय ९८ जना कतारमा, ३ हजार ८ सय ७ जना कुबेत र १ हजार ३ सय १४ जना मलेसिया गएका छन् ।
यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार ४ सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए ।