रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले गरे माइतीघरमा प्रदर्शन

रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले गरे माइतीघरमा प्रदर्शन

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले गरे माइतीघरमा प्रदर्शन

     काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् । 

    रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका समेत गरेका छन् ।  

    RSP protest in maitighar.jpg

    RSP protest in maitighar 2.jpg

    RSP protest in maitighar 1.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij