हेटौंडास्थित पल्पसा प्याराडाइज होटेलमा एकजना व्यक्ति मृत अवस्थामा फेला

हेटौंडास्थित पल्पसा प्याराडाइज होटेलमा एकजना व्यक्ति मृत अवस्थामा फेला

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • हेटौंडास्थित पल्पसा प्याराडाइज होटेलमा एकजना व्यक्ति मृत अवस्थामा फेला

    काठमाडौं । हेटौंडास्थित पल्पसा प्याराडाइज होटेलमा एक जना व्यक्ति मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

    मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको भनाइ अनुसार उनी दशैंमा टीका लगाउन हेटौंडास्थित मामाघर आएका थिए ।

    मानन्धर यसअघि पनि हेटौंडा आवतजावत गरिरहँदा सोही होटेलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

    शुक्रबार साथीहरुले फोन गर्दा नउठाएपछि होटेलको ढोका खोलेर हेर्दा मानन्धर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ भने मृतक अजयको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij