सभापति पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

सभापति पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • सभापति पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्लकालाई स्थगित गरेको छ । पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । 

    गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ । र, पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको छ ।

    प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

    लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरिएको जनाइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij