छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले थप २० दिनको अनुमति दिएको छ । शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । 

    अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij