काठमाडौं । सर्लाहीका चार पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । कविलासी नगरपालिका, विष्णु, बसबरिया र पर्सा गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । राजनीतिक खिचातानी र बजेट बाँडफाँटमा कुरा नमिल्दा बजेट आउन नसकेको हो ।
बजेट नआउँदा चारवटै पालिकामा विकास निर्माण ठप्प छ भने नागरिकले सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीसमेतले तलब बुझ्न पाएका छैनन् ।