गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

    काठमाडौं । सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ ।बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल अघि बढाएको हो ।

    मैदा, चाउचाउ र बिस्कुट उत्पादक सहितका व्यवसायीले गहुँ आयात गरी आपूर्ति बढाउन लबिइङ गरिरहेका छन् । गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालिएको हो । 

    नेपालमा गहुँ निर्यात गर्न गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको जनाइएको छ । मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सृजना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुन वमोजिम कारवाही गरिने चेतावनी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij