मनसुन बाहिरिए लगत्तै काठमाडौं पुनः विश्वको सातौं प्रदूषित शहर

मनसुन बाहिरिए लगत्तै काठमाडौं पुनः विश्वको सातौं प्रदूषित शहर

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • मनसुन बाहिरिए लगत्तै काठमाडौं पुनः विश्वको सातौं प्रदूषित शहर

    काठमाडौं । मनसुन बाहिरिएको एक साता पनि नबित्दै काठमाडौं पुनः विश्वको प्रदूषित शहरहरुमा परेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं विश्वको सातौं प्रदूषित शहरमा परेको हो । 

    सोमबार मात्रै काठमाडौं उपत्यकाबाट मनसुन बाहिरिएको थियो । बुधबारबाटै काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च देखिएको छ । आईक्यु एअरले बिहीबार काठमाडौंको वायु गुणस्तर १२६ मापन गरेको छ । 

    १७८ वायु गुणस्तरसहित पहिलो स्थानमा बंगलादेशको ढाका परेको छ । १६३ र १५३ एक्युआईसहित भारतका दिल्ली र कोलकाता दोस्रो र तेस्रो स्थानमा परेका छन् । त्यस्तै, चौथो, पाचौं र छैठौं स्थानमा क्रमशः १५२, १४२ र १३२ एक्युआईसहित पाकिस्तानको लाहोर, बहराइनको मानामा र कंगोको किन्साहा परेका छन् । 

    मनसुन भित्रिनुअघि पनि काठमाडौं सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको सूचीमा परेको थियो । तर, मनसुन सुरु भएपछि भने प्रदूषण घट्दै गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij